कामना सेवा र एनएस सैलुनबीच सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंक र एनएस युनिसेक्स सैलुनबीच सम्झौता भएको छ । सम्झौताअन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकले रुपन्देही नगरपालिका–७ देवदह स्थित सैलुनले प्रदान गर्ने सेवामा कपाल काट्ने र कपाल सिधा पार्दा २० प्रतिशत र अन्य सेवामा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण सर्वसाधारणले लाभ लिन सक्ने बताइएको छ ।

प्रतिक्रिया