काममाडौं । राष्ट्रिय वाणिज्य (रावा) बैंक लिमिटेड र नेशनल बैंकिग इन्ष्टिच्युट लिमिटेड (एनविआई) बीच सर्टिफिकेशन कोर्षको बैंकिग तालिम सञ्चालन गर्ने सम्बन्धी बुधबार सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र इन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले हस्ताक्षर गरेका छन् ।
सम्झौता पश्चात चालु आ.ब. २०८०÷८१ मा बैंकका कर्मचारीको कार्यदक्षता अभिवृद्धिका लागि नेशनल बैंकिंग इन्ष्टिच्युटले हाललाई एक हजार जना कर्मचारीलाई जन्वी, क्यानवी, मोडिसलगायतको सर्टिफिकेशन कोर्षको बैंकिग तालिम प्रदान गर्ने छ ।
सो अवसरमा बैंंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बैंकले लिएको उद्धेश्य हासिल गर्नको लागि नियमित रुपमा कर्मचारीलाई तालिम दिइरहेको बताउँदै तालिमले तालिम लिने व्यक्ति र संस्था दुबैको कार्यदक्षता वृद्धि भई जोखिम न्यूनिकरण हुने बताए । इन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले बैंकिग क्षेत्रमा रावा बैंकका कर्मचारीलाई प्राथमिकताका साथ तालिम दिने गरेको बताउँदै तालिमले संस्थाको उत्पादकत्वमा बृद्धि हुने बताए । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सरस्वती अधिकारीले कार्यक्रमबारे प्रकाश पार्दै बैंकले कर्मचारीलाई अन्तर्राष्ट्रिय स्तरको तालिम प्रदान गर्ने वताए ।
प्रतिक्रिया