काठमाडौं । सुजुकी मोटरसाईकल तथा स्कुटरको नेपालको लागि आधिकारीक आयतकर्ता तथा बिक्रेता भि.जि.अटोमोबमाईल्स प्रालिले आफ्ना ग्राहाकवर्गको लागि मध्यनजर गर्दै आफ्ना उत्कृष्ट मोटरसाईकल तथा स्कुटरको खरिदमा दसैं, तिहार तथा छठ पर्वको उपलक्ष्यमा ‘बाडौ खुसी चढौं सुजुकी’ स्किम ल्याएको छ ।
यस चाडमा सुजुकीले ल्याएको ‘बाडौ खुसी चढौं सुजुकी’ स्किमअन्र्तगत ग्राहकले प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा १० लाख रुपैयाँ पक्का छुट वा कुनै पनि सुजुकी ब्राण्डको पूराना मोटरसाइकल तथा स्कुटरसँग नयाँ सुजुकी एक्चेन्ज गर्दा १५ हजारु रुपैयाँ तथा अन्य कुनै ब्राण्डको पुराना मोटरसाइकल तथा स्कुटरसँग नयाँ सुजुकी एक्चेन्ज गर्दा ग्रहाकबर्गले १० हजार रुपैयाँ थप मुल्यांकन प्राप्त गर्न सक्ने पनि विज्ञप्तिमा उल्ल्ेख छ ।
यो स्किमअन्र्तगत हरेक १५ दिनमा लक्की ड्र मार्फत बम्परमा १० ग्राम सुनको सिक्का एक जना ग्राहकलाई उपलब्ध गराउने कुरा समेत कम्पनीले जनाएको छ । यो स्किम दशै, तिहार तथा छठको लागि लागु गराएको कम्पनीले जनाएको छ । विएस ६ इन्जिनका साथै पाँच ५ बर्ष वारेन्टी र अन्य थुप्रै फिचर भएको सुजुकी मोटरसाइकल तथा स्कुटरले ग्राहकको मन जित्नेमा कम्पनी विश्वस्त रहेको उल्लेख छ ।
प्रतिक्रिया