युवा उद्यमी मञ्चको शाखा नेपालगन्जमा

काठमाडौं । नेपाल युवा उद्यमी मञ्चको नेपालगञ्ज च्याप्टर स्थापना भएको छ । मञ्चको १३औं शाखाको रुपमा सो च्याप्टर गठन भएको हो । डा. नितेश कुमार कनोडियाको अध्यक्षतामा गठन भएको च्याप्टरमा २७ सदस्यीय च्याप्टरमा ११ जनाको कार्यसमिति रहेको छ ।

मञ्चको नेपालगञ्ज च्याप्टर बर्दिया, बाँकेलगायतका क्षेत्रका युवा उद्यमी र युवा उद्यमशीलता प्रवद्र्धन र विकास गर्ने दृष्टिकोणले स्थापना गरिएको हो । रुपन्देही पछि लुम्बिनी प्रदेशमा यो दोस्रो च्याप्टर हो ।

यस संस्थामा काठमाडौं, पोखरा, ललितपुर, चितवन, रुपन्देही, सुर्खेत, कैलाली, वीरगञ्ज, जनकपुर, विराटनगर, सुनसरी, झापाको सदस्यता छ । यी च्यापटरमा करिब आठ सय युवा उद्यमी प्रत्यक्ष रुपमा सहभागी भएर उद्यमसिलता प्रवद्र्धन गरिरहेको बताइएको छ ।

प्रतिक्रिया