काठमाडौं । प्राइम कमर्सियल बैंकले १७औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयाजना गरेको छ । बैंकले कान्तिपुर अस्पताल रक्त सञ्चार सेवासँगको सहकार्यमा सो कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा ५१ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत संजीव मानन्धरले देशका विभिन्न अस्पतालमा रगतको अभाव भइरहेको सन्दर्भमा बैंकले बिरामीको उपचारका सहयोग गर्न बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत रगत संकलनको काम गरेको बताए । उनले विभिन्न रोगको महामारी फैलिइरहेका बेला उपचरामा लागि बिरामीलाई रगतको कमि हुन नदिन बैंकले आफ्नो अग्रसरतामा रक्तदान कार्यक्रम गर्न पाउँदा खुशी लागेको बताए ।
प्रतिक्रिया