केन्ट आरओको दसैं तिहार अफर

काठमाडौ । नेपालमा केन्ट उत्पादनका लागि एक मात्र आधिकारिक वितरक ईओएलले दसैं, तिहार र छठलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ । भारत र नेपालमा पानी शुद्धिकरणका बजारमा ग्राहकले रुचाएको केन्ट आर.ओ.ले नेपालको सबैभन्दा ठूलो उत्सव दसैं तिहारलाई लक्षित गर्दै ‘यो दसैं तिहार, केन्टसँग स्वास्थ्य र शुद्धता अँगालौं’ भन्ने नारासहित यस अफर ल्याएको हो ।

त्यसअन्तर्गत केन्टको कुनै पनि आर.ओ.मोडलको खरिदमा सिजी ब्राण्डको भ्याकुम फ्लास्क उपहार स्वरूप प्रदान गरिएको छ । यो ग्राहक योजना नेपालभर सीमित अवधिको लागि लागू गरिएको कम्पनीले जनाएको छ ।

केन्टका उत्पादन स्वास्थ्य र स्वच्छताको लागि परिचित रहेको कम्पनीको दावी छ । केन्ट ब्राण्डका अन्य वाटर प्यूरिफायर, एयर प्यूरिफायर, भ्याकुम क्लिनर, कीटाणुनाशक उपकरण/डिसइन्फेक्टेन्ट र स्मार्ट किचन उपकरण पनि बजारमा उपलब्ध छन् ।

प्रतिक्रिया