काठमाडौं । घर मर्मत सेवा एप ‘भेटायो’ले चाडपर्व अफर ल्याएका छ । एपले ‘उत्सवको तयारी भेटायोको जिम्मेवारी’ नाम अफर ल्याएको हो । यो अफर ७ सेप्टेम्बरदेखि नोभेम्बर १० सम्म चल्ने जनाइएको छ । जसअनुसार एसी खरिद गर्दा ३० हजार रुपैयाँसम्मको बचत गर्न सकिनेछ । माइडिया, मित्सुविसी, सामसुङ्ग, डाइकिन जस्ता विभिन्न एसी ब्रान्डहरूमा ३० हजारसम्मको छुट पाउन सकिने कम्पनीको भनाइ छ ।
यसैगरी प्लम्बिङदेखि पेन्टिङसम्मका सबै मर्मत कार्य विशेष सम्झौतासँग पाउन सकिनेछ । जसअनुसार सिसिटिभी क्यामेरा जडान जम्मा ११०० मा पाइनेछ । यसैगरी भेटायो र खल्तीले ग्राहकलाई बचतको सबैभन्दा ठूलो आनन्द प्रदान गर्न सहकार्य गरिरहेका छन्, जहाँ ग्राहकहरूले सबै खरिदमा ५ प्रतिशतसम्म क्यासब्याकको फाइदा लिन सक्ने छन् ।
यसैगरी भेटायो मार्फत कुनै पनि सेवा अर्डर गर्दा कम्पनीबाट प्रत्येक अर्डरमा पाँच सय रुपैयाँसम्मको डिजिटल दक्षिणा फिर्ता प्राप्त गर्न सकिनेछ । यस्तै थप सेवा अर्डर गर्दा एक तोला सुन जित्ने अफर समेत ल्याइएको छ । यसैगरी भेटायोको सामाजिक सञ्जाल प्रतियोगितामा भाग लिएर पाँच हजार बराबरको पुरस्कार जित्नेसमेत पाइने बताइएको छ । थप जानकारी एप डाउनलोड गरेर लिन सकिने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया