जबरजस्ती करणी गरेको आरोपमा बझाङमा १३ वर्षीय बालक पक्राउ

बझाङ । बझाङमा जबरजस्ती करणी गरेको आरोपमा १३ वर्षीय बालक पक्राउ परेका छन् । जिल्लाको छबिसपाथिभेरा गाउँपालिका –१ सुगाला बस्ने अपांग महिलालाई आइतबार दिउँसो ३ बजे जबरजस्ती करणी गरी फरार रहेका बालकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ

। जिल्ला प्रहरी कार्यालयका बझाङका अनुसार जबरजस्ती करणी गरी फरार भएका बालकलाई प्रहरी पोष्ट बगडगाँउबाट खटिएको टोलीले आइतबार साँझ ६ः३० बजे गाँउ नजिकै रहेको बालुवाटार भन्ने ठाँउमा पुरानो घरमा लुकिरहेको अवस्थामा पक्राउ गरेको हो ।

बुबाको निधन भइसकेको र आमा आइतबार नै डोटी गएका बेला ति बालकले यस्तो घटना घटाएको खुल्न आएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक भरत शाहले बताए ।

प्रतिक्रिया