सूर्य ज्योति लाइफको दोश्रो सेल्स कन्भेन्सन

काठमाडौं । सूर्य ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशभरका प्रदेश प्रमुख, क्षेत्रीय प्रमुख, शाखा प्रबन्धक र सेल्स एक्जिक्यूटीभसहितको दोश्रो सेल्स कन्भेन्सन सम्पन्न गरेको छ ।
२०० भन्दा बढी सहभागीको उपस्थितिमा सौराहामा सेभेन स्टारमा दोश्रो ‘सूर्य ज्योति सेल्स कन्भेन्सन’ सम्पन्न गरेको हो । कम्पनीका सञ्चालक समितिका अध्यक्ष केशवप्रसाद भटराई, सदस्यहरू नन्दकिशोर शर्मा, हेमन्त नहाटा, विवेक झा, प्रमुख कार्यकारी अधिकृत प्रकाशविक्रम खत्री, वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्कालगायत उच्च पदाधिकारीको उपस्थितिमा कार्यक्रम आयोजना भएको हो ।

कार्यक्रममा व्यवसाय, अभिकर्ता नियुक्ति र बीमालेखको आधारमा उत्कृष्टता हासिल गर्न सफल भएका देशभरीबाट उत्कृष्ट १० जना ब्रान्च म्यानेजर र १० जनासेल्स एक्जिक्यूटीभलाई सम्मान गरिएको थियो । कार्यक्रममा प्रत्येक विधामा सर्वोत्कृष्ट तीन जनालाई ट्रफी तथा सम्मानपत्र हस्तान्तरण गरिएको थियो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत खत्रीले सूर्य लाइफ र ज्योति लाइफको ऐतिहासिक सफल मर्जरपश्चात् कम्पनीले हरेक सूचकमा उल्लेखनीय सफलता हासिल गर्दै आएको बताए । समय सापेक्ष उत्कृष्ट योजना र नविनतम प्रविधिको अवलम्बन गर्दै देशको जीवन बीमा क्षेत्रकै उत्कृष्ट सूर्य ज्योति लाइफ बन्नेमा आफू ढुक्क रहेको पनि ढकालले बताए ।

प्रतिक्रिया