काठमाडौं । एनआईसी एशिया बैंकको २६ औं वार्षिक साधारण सभा असोज २८ मा हुने भएको छ । बैंकको साधारण सभामा गत आर्थिक वर्ष २०७९÷८० को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित २०८० असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका वार्षिक विवरण छलफल गरी पारित गर्ने बताइएको छ ।
साथै, गत आर्थिक वर्षको मुनाफा तथा सञ्चित मुनाफाबाट बैंकको चुक्ता पुँजीको २९ प्रतिशत बोनश सेयर र १.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्न स्वीकृत गर्ने, बैंकको प्रबन्धपत्र र नियमावलीमा समसामयिक संशोधन÷थप गर्ने लगायतका विशेष प्रस्तावमा छलफल हुने बैंकले जनाएको छ ।
प्रतिक्रिया