काठमाडाैं । एनआईबीएल एस क्यापिटल लिमिटेडले देवयानी इन्टरनेशनल नेपाल प्रालिका दरबारमार्ग, थापाथली (ब्लुबर्ड मल), लाबिम मल , ठिमि,बौद्द,महाराजगंज र पोखरा शाखाका कर्मचारीहरुलाई सामूहिक लगानी कोष सम्बन्धी विशेष सचेतनामुलक कार्यक्रम र तालिम संचालन गरेको छ ।
सामूहिक लगानी कोष नियमावली २०६७ को कार्यान्वयन पश्चात नेपालकै पहिलो खुला मुखी योजना तथा अन्य दुृृृृई बन्दमुखी योजना संचालन गरिरहेको यस क्यापिटल द्वारा सञ्चालित सो कार्यक्रम मार्फत उक्त कम्पनीका कर्मचारीहरुले सामूहिक लगानी कोष सम्बन्धि विस्तृत जानकारी पाउनुका साथै पूँजीबजारसंग सम्बन्धित अन्य विषयको समेत जानकारी प्राप्त गरेका छन् ।
क्यापिटल नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको छ भने एनआईबीएल म्युचुअल फण्डको कोष व्थवस्थापक र डिपोजटरीको रूपमा रहेको छ । यस्तै देवयानी इन्टरनेशनल नेपालले नेपालमा केएफसी, पिजा हट र क्रिम बेल आइसक्रिम जस्ता अन्तराष्ट्रिय फुड चेन सन्चालन गरिरहेको छ ।
प्रतिक्रिया