सुन प्रकरण : पक्राउ परेका ट्याक्सी चालकसहित ६ जनालाई मुद्दा नचलाउन सीआईबीको राय

सुन तस्करी प्रकरणको अनुसन्धानबारे बुधबार पत्रकार सम्मेलन गरी जानकारी गराउँदै केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)का निर्देशक एआईजी किरण बज्राचार्य । तस्बिरः अच्युत रेग्मी / रासस

काठमाडाैं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले झण्डै ६१ किलो सुन प्रकरणमा पक्राउ परेका ६ जनाविरुद्ध भने मुद्दा नचलाउन राय दिएको छ । भन्सार एजेन्ट रुक्मिना सुब्बा, ट्याक्सी चालक अशोक लामा, राजन श्रेष्ठ, भन्सारका कर्मचारी श्रीधर टण्डन, कमल परियार र सुरेन्द्र तामाङविरुद्ध भने मुद्दा नचलाउन राय दिएको छ।

रुक्मिनालाई बिरामी भएका कारण यसअघि नै छाडिएको थियो । अरु भने अहिले पनि हिरासतमै छन् । तर उनीहरुविरुद्ध भने मुद्दा नचलाउन राय दिएको हो । हङकङबाट साउन २ गते भित्रिएको उक्त सुन प्रकरणमा ३२ जना पक्राउ गरिएको सीआईबीले जनाएको छ। अरु १८ जना फरार छन् । पक्राउ पर्नेमा ९ जना विदेशी छन् ।

फरार रहनेमा भने १४ जना विदेशी रहेको सीआईबीले बुधबार पत्रकार सम्मेलनमा जानकारी दिएको छ । जिल्ला सरकारी वकिल कार्यालयले सीआईबीको प्रतिवेदन अध्ययन गरेर आगामी आइतबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया