रुकुम पश्चिम । डोल्पामा बेपत्ता भएका नेपाली सेनाका मेजरको शव फेला परेको छ । गत भदौ १० गतेदेखि बेपत्ता भएका नेपाली सेनाका गुल्मपतिको शव फेला परेको हो । डोल्पाको सदरमुकाम दुनैमा रहेको नन्द बक्स गुल्मका इञ्चार्ज विमल पण्डित भदौ १० गतेदेखि बेपत्ता भएका थिए ।
१७ दिन देखि सम्पर्कविहीन भएका पण्डितको शव फेला परेको जनाइएको छ । डोल्पादेखि ३० किलोमिटर जाजरकोट तर्फ ठुलिभेरी नदिको किनारामा शव फेला परेको बताइएको छ ।
भेरी नदी नजिकै पण्डितले लगाएको घडी र औँठी लगाएको शव फेला परेपछि मेजर धुव्र कार्कीको नेतृत्वमा मृतकका परिवारसहित पुगेपछि शव पहिचान भएको हो । सेनाले उक्त शव मेजर पण्डितको हुन सक्ने आशंकामा टोली त्यसतर्फ पठाएको थियो ।
भदौ १० गते अपरान्ह साढे ४ बजे इभिइनिङ वाकका लागि उनी ब्यारेकबाट निस्किएका थिए । एक्लै इभिनिङ वाकमा हिँडेका पण्डित आज मृत फेला परेका हुन् । बेपत्ता भएदेखि नै पण्डितको खोजिकार्य भइरहेको थियो ।
प्रतिक्रिया