काठमाडौं । अभिनेत्री गौरी मल्लले ‘धिन ताका नाका धिन’ तिज विशेष गीत सार्वजनिक गरेकी छन् । सार्वजनिक गीतको भिडियोमा मल्ल स्वयंको अभिनय छ । मल्लले यसअघि दर्जनभन्दा बढी गीतमा आवाज दिइसकेकी छन् । उनले चलचित्र ‘भाइ’ मा अभिनेत्री मेलिना मानन्धरको लागि पाश्र्व गायनसमेत गरेकी थिइन् । तैपनि मल्लले आफ्नो गायनलाई भन्दा अभिनयलाई नै अघि बढाएकी थिइन् ।
सार्वजनिक गीतमा शब्द, संगीत तथा स्वर उनकै रहेको छ । मल्लले आफ्नै नामबाट युट्युब च्यानलसमेत सुरु गरेकी छन् । गीतको भिडियोमा अभिनेत्री मल्लसँगै अभिनेत्री मिथिला शर्माको समेत अभिनय छ । यस्तै, भिडियोमा सिम्रन शेरचन, समाईरा श्रेष्ठ, तेन्जु योन्जन, निलम पौडेल लगायतको अभिनय छ ।
प्रतिक्रिया