स्वेता र मन्जुको स्वरमा ‘याे तीजैमा छमछमी…’

काठमाडाैं । माइती र चेलीको सम्बन्ध उजागर गर्ने हिन्दु नारीहरुको महान पर्व तीज नजिकिदैं गर्दा गीत संगीतले पनि बजार तातेकाे छ । यसैक्रममा गायिका स्वेता उप्रती र मन्जु सेढाइँ केसीको स्वर रहेकाे गीत सार्वजनिक भएकाे छ । हालै युट्युबमा सार्वजनिक भएको ‘याे तीजैमा छमछमी…’ तीज गीतमा शंकर ज्वालाको शब्द, सुरेन्द्र श्रेष्ठको संगीत रहेको छ ।

गीतमा

माइतीको आँगनी जोर मादल मागनी झ्याउरेको तालैमा नाच्ने भइयो नि

दाजु र भाउजुले मायाले बोलोको मन राख्न भाउजुको नाँच्ने भइयो नि

यो तीजमा छमछमी नाच्ने भइयो नि

बारुली कम्मर भाँच्ने भइयो नि

शब्द समेटिएका छन् ।

राज महर्जन र रुपेन्द्र श्रेष्ठको निर्देशन रहेको भिडियोमा काली सेढाइँ लगायतको अभिनय र नृत्य रहेको छ । बालमुकुन्द प्रजापतीको नृत्य निर्देशन रहेको भिडियोमा शैलेस श्रेष्ठ लुभुको छायाँकन, सम्पादन र रंग संयोजन रहेको छ, भने कुसुम कर्माचार्यको श्रृङ्गार रहेको छ ।

गीतमा माइती प्रति चेलीको सम्मान र अथाह मायाका भाव समेटिएको छ । गीत सार्वजनिक भएको छोटो समय मै चर्चामा आउन सफल भएको छ । तीजको मर्मलाई समेटिएको लय, शब्द संयोजन रहेको यो तीजमा छमछमी गीत समग्रमा उत्कृष्ट बनेको प्रतिक्रिया पाइरहेकाे छ । तीजको व्रत बसी माइती जान पाउँदाको चेलीको खुशी गीतमा उजागर गरिएको छ ।

पटुकी कसेर ब्रत है बसेर, चोखो मनपेटले नाँच्ने भइयो नि

रातो है सारीमा चिटिक्क परेर, महादेव पुजेर नाँच्ने भइयो नि …

लगायतका शब्दहरू गीतमा समेटिएका छन् ।

प्रतिक्रिया