काठमाडौं । एटेलियर प्लेटफर्मसँगको साझेदारीमा कोका–कोलाले सक्षम २.० ‘योङ्ग उमन आन्टरप्रनियुरस एक्सेलेरेटर एन्ड मेन्टरशिप प्रोग्राम ’ सम्पन्न गरेको छ । यस कार्यक्रम कोका–कोला नेपालको उमन इम्पावरमेन्ट प्रोग्राम, सक्षमको एक महत्वपूर्ण भाग बन्न सफल भएको छ । जसले नेपालमा महिला नेतृत्वको स्टार्टअप र सम्भावित उद्यमहरूलाई व्यापक सहयोग र मार्गदर्शन प्रदान गर्ने लक्ष्य राखेको छ ।
यस कार्यक्रमका लागि काठमाडौं, पोखरा र चितवनका गरि ८० भन्दा बढी महिला उद्यमीले आवेदन दिएका थिए । आवेदकमध्येबाट इनोभेटिभ कन्सेप्ट तथा आइडिया सफल हुने सम्भावनाको आधारमा ८ पÞmाईनलिस्टहरु छनोट गरिएको थियो । फाइनलिस्टहरुमा छनोट हुने वृन्दा दिवान, मेनुका गुरुङ, प्रकृति बस्याल, राशी महर्जन, रोजिना बराल, सरला महर्जन, शान्ति राई, यजु महर्जन रहेका छन् ।
एटेलियर प्लेटफर्मकी संस्थापक रितु गुरुङले एटेलियर कार्यक्रम र कोका–कोलासँगको सहकार्यमार्फत युवा महिला उद्यमीहरूले आफ्ना आकांक्षालाई वास्तविकतामा परिणत गर्न सक्ने बाटो निर्देशन गरिरहेको बताइन । बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक दीपक सेन्थिल नाथले योङ उमन आन्टरप्रनियुरस एक्सेलेरेटर एन्ड मेन्टरशिप प्रोग्रामले महिला उद्यमशीलतालाई बढावा दिन र नेपालमा दिगो विकासमा योगदान पुर्याउने बताए ।
प्रतिक्रिया