बझाङ । सदूरपस्चिम प्रदेशका सभामुख भिमबहादुर भण्डारीले रिलुचौर माविलाई आफ्नो पाँच वर्षको कार्यकालमा नमुना नमुना विद्यालय बनाउन पहल गर्ने बताएका छन् । मस्टा गाउँपालिकामा लाग्ने पाँच दिनसम्म चल्ने सिउरो मेलाको उद्घाटन गर्दै सभामुख भण्डारीले यस्तो बताएका हुन् ।
उनले भने, ‘हिजोको व्यावस्थामा हामीले खुलेर बोल्न पाउने अवस्था थिएन, आजको अवस्थामा हामी सबैले खुलेरै बोल्न पाएका छौँ, अरु प्रति फरक मत राख्ने अवस्था आएको छ ।’ सभामुख भण्डारीले आफू जनयुद्धको समयमा यस गाँउपालिका भित्रका सबै वडाहरुका गाँउवस्ती भिर पाखाहरु खेलेको यहाँका स्थानीयसँग आफू परिचित भएका कारण यस गाँउ ठाँउको विकासको लागि आफुले सक्दो पहल गर्ने बताए । उनले सडकको स्तरोन्नतिका लागि पहल गर्ने बताए ।
कार्यक्रममा मस्टा गाउँपालिका उपाध्यक्ष हर्क धामीले हाम्रो कला सस्कृति र रितिरिवाजलाई जगेर्ना गर्नु राम्रो काम भएको बताए । पालिकाको विकासको लागि हामी सबैले एक जुट हुनुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा धामील भने, ‘हाम्रो यो कार्यक्रममा प्रदेशका सभामुख पनि आउनुभएको छ, हाम्रो गाँउठाउँमा भएका समस्या पालिकाबाट समाधान हुने भए पालिका बाटै समाधान गर्छौं, नभए प्रदेश तथा केन्द्रवाट पहल गर्ने छौं ।’
कार्यक्रममा मस्टा गाँउपालिका १ का वडाध्यक्ष रामचन्द्र रोकायाले मेलाले सास्कृतिक जगेर्ना गर्नुका साथै सामाजिक सद्भाव आपसी मेलमिलाप फैलाउने भएकाले मेला गर्नु आवश्यक रहेको बताए ।
सिउरो मेलामा साहार नेपालले रैथाने वालिलाई स्थानीय स्तरवाटै व्यवसायिकता वढाउन कोदोको मम, मास्याबाट वनेको लड्डु, फापरबाट वनेको केक, आलूबाट बन्ने सबै खालका परिकारु राखेको थियो ।
सुदूरपश्चिम प्रदेशका सभामुख भिम भण्डारी प्रमुख अतिथि रहेको सो कार्यक्रमको अध्यक्षता वडा ६ का वडाध्यक्ष सिवराज बोहराले गरेका थएि ।
सिउरो मेलामा धामीझाँक्री काप्ने सिस्नो लगाउने चाभाई खेल खेल्ने गर्दछन भने सिउरो मेला लगातार पाँच दिनसम्म चल्ने गर्दछ ।
बझाङ
प्रतिक्रिया