मुगु । हिमाली जिल्ला मुगुमा गाईकाटेको बिषयमा आन्दोलन गरिएको छ । केही दिनअघि सुनसरी जिल्लाको धरान जिल्लामा गाई काटेको विषय सामाजिक सञ्चालमा आएर देशैभरी विरोध भएको थियो । सोमबार मुगु जिल्लाको सदरमुकाम गमगढीमा सनातन हिन्दु धर्म महासंघ मुगुको आयोजनामा र हिन्दुवादी तथा अन्य संस्था धामी झाग्री, पूजारीहरुको सहभागीमा धरानमा गाई काटेको विषयको विरोध गदै शान्तीपुर्ण र्यालीसहित आन्दोलन गरिएको छ ।
नेपालको मुलुकी अपराध संहिता ऐन २०७४ ले गौहत्यालाई फौजदारी अपराध स्वृकारी दण्डीत बनाएको छ । सो ऐनको २७ ले पशुपन्छीसम्बन्धी कसुर अपराध मानेको भए पनि धरानमा केही दिनअघि गौहत्या भएकाले त्यसको विरोध गर्दै मुगु जिल्लाका सनातन हिन्दुहरुको सहभागिमा शान्तिपुर्ण र्यालीसहित विरोध गरिएको छ ।
सकल देशवासीको आस्था केन्द्रित वैदिक सनातन संस्कृति तथा मूल्य मान्यता नेपाली हिन्दु सनातन धर्मावलम्वीको ढुकढुकि रहेकाले त्यसको परिपालना तथा संरक्षण गर्न जस्तोसुकै कदम चाल्न परे पनि पछि नहट्ने सनातन हिन्दुधर्म महासंघ मुगुले जनाएको छ । सनातनकालदेखि हिन्दु धर्मको मान्यता अनुसार नेपालको राष्ट्रिय जनावर गाईलाई गौमाताका रुपमा पुज्ने गरिएको छ ।
केही दिनअघि सुनसरी जिल्लाको धरानमा गौहत्या गरेर सामाजिक सञ्जालमा कु प्रचारप्रसार गरेर राष्ट्रिय जनावर गाईको अपमान गरी हिन्दु धर्मको सामाजिक मूल्य मान्यता खलल पुर्याउने प्रयास गरिएकाले त्यसको विरोध गर्दै मुगुमा पनि गौमाताको रक्षाका लागि सनातन हिन्दु धर्म महासंघ मुगुको आयोजनामा शान्तीपुर्ण र्यालीसहित आन्दोलन गरेको अन्तराष्टिय विश्व हिन्दु महासंघ र सनातन हिन्दु धर्मकी केन्द्रिय सदस्य चेतना शाही मल्ले बताइन् ।
उनले विश्वको एकमात्र सनातन हिन्दु संस्कृतिको धरोहर कुनै विदेशी शक्तिको परिधिमा नरहेको अखण्ड हिन्दु राष्ट्र नेपालमा विभिन्न किसिमका जघन्य अपराध सामाजिक, धार्मिक सहिष्णुता तथा आस्थामा खल्ल पुर्याउने प्रवित्तिको विरोध गरिएको केन्द्रिय सदस्य शाही मल्लले बताइन् ।
गौहत्या प्रति ऐक्यवद्धता जनाउँदै मुगु सनातन हिन्दु धर्म महासंघका पदधिकारी, पूजारी, धामि झाग्रीले सुनसरीको धरानमा भएको गौहत्याको घटना यथाशिघ्र छानविन गरी दोषिलाई कारबाही गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत सरकारको ध्यानाकर्षणपत्र पठाएर त्यसको विरोध मुगुमा पनि गरिएको सनातन विश्न हिन्दु धर्म महासंघका अध्यक्ष विष्णु प्रसाद चौलागाइँले बताए ।
मुगु
प्रतिक्रिया