काठमाडौं । सीजी हस्पिटालिटीले नवलपुरको देवचुलीमा मिराया वेलनेस एण्ड गल्फ रिसोर्ट सञ्चालनमा ल्याएको छ । शाश्वतधाम र सीजी इन्डस्ट्रियल पार्कसँगै खुलेको यो रिसोर्टगल्फ प्रेमीका लागि आकर्षक गन्तब्य बन्ने विश्वास गरिएको छ ।
अध्यात्म, शान्ती र आनन्ददायीवातावरणका लागि यो रिसोर्ट नेपालको उत्कृष्ट सावितहुने सीजी हस्पिटालिटीको विश्वास छ । सीजी इन्डस्ट्रियल पार्क भित्र सून्दर गल्फ मैदानसँगै सञ्चालनमा आएको यसले अतिथीहरूको मनजित्ने विश्वास गरिएको छ ।
‘वेलनेश, अध्यात्मिक चेतना र वातावरणीय दिगोपनको लागि सीजी हस्पिटालिटीको एउटा उल्लेखनीय प्रमाणका रुपमा मिराया रिसोर्टलाई प्रस्तुत गर्न पाउँदा आफु हर्षित भएको चौधरी ग्रुपका प्रवन्ध निर्देशक एवं सीजी हस्पिटालिटी होल्डिङसका प्रमुख कार्यकारी अधिकृत राहुल चौधरीले बताए । उनले भने, ‘मिराया रिसोर्ट सीजी हस्पिटालिटीको मुख्य सिद्धान्तहरुलाई मुर्तरुप दिनेगरि तयार गरिएको छ । यहाँ पाहुनाहरुले फरक अनुभुति गर्नु हुनेछ भन्ने मेरो विश्वास छ ।’
यो रिसोर्टलाई नेपालको वेलनेस, आध्यात्मिकशान्ति सहित साहसिक कार्यको लागि नेपालको विशेष रिसोर्टका रुपमा लिइएको छ । मनमोहक देवचुलीपर्वतको फेदमाअवस्थित यो रमणीय गन्तब्य, स्वतन्त्र रुपमा भ्रमणमा उत्साहीयात्रुहरुका लागि उत्कृष्ट गन्तब्य बन्ने विश्वास लिइएको छ ।
मिरायामा अतिथिहरूले आफ्नो मनोरञ्जनका आवश्यकता पूरा गर्ने विभिन्न गतिविधि र अन्य सुविधाहरू प्राप्तगर्न सक्नेछन् । रिसोर्टमा स्विमिङ् पुल, बास्केटबल र ब्याडमिन्टन कोर्ट रहेका छन् । साथै वाइन टेस्टिङ वर्कशप, क्युरेटेड स्पा, हाइड्रोथेरापी, वेलनेस थेरापी र नेचर ट्रेलहरू जस्ताखास सुविधा सिज रिसोर्टमा छन् ।
प्रतिक्रिया