सुनकाे भाउ घट्यो

काठमाडौँ । सुनको भाउ बिहीबारको तुलनामा शुक्रबार आज तोलामा १ हजार १ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (जेठ ९ गते) सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ४ सय रुपैयाँमा झरेको हो ।

बिहीबार (जेठ ८ गते) सुन तोलाको १ लाख ९१ हजार ५ सय मा किनबेच भएको थियो । आज चाँदीको भाउ पनि केही घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी प्रतितोला २ हजार ५ रुपैयाँमा कारोबार भइरहेको हो ।

प्रतिक्रिया