काठमाडौं । सर्वोच्च अदालतमा गृहमन्त्री रमेश लेखकलाई बर्खास्तको माग गर्दै रिट परेको छ । शुक्रबार अधिवक्ता मधु चौलागाइले गृहमन्त्री लेखकको बर्खास्तीको माग गर्दै सर्वोच्चमा रिट पेश गरेकी हुन् ।
रिट दर्ता गर्ने कि नगर्ने भन्ने विषयमा आइतबार सर्वोच्च प्रशासनले निर्णय गर्ने सर्वोच्च प्रवक्ता अच्युत कुइकेलले बताए ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको सचिवालयमा रहेकाहरु नै मुछिएको भनेर अनुसन्धानको माग उठेपछि गृहमन्त्रीमाथि छानबिन हुनुपर्ने दबाब बढीरहेको बेला रिट पेश भएको हो । केही दिनअघि त्रिभुवन अन्तराष्ट्रिय अध्यागमन विभागका प्रमुख तीर्थराज भभट्टराईलाई अख्तियारले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया