कांग्रेसले सुन्यो श्रमजीवीका कुरा

काठमाडौं । नेपाली कांग्रेसको श्रम तथा ट्रेड युनियन विभागले शुक्रबार पार्टी मुख्य कार्यालय सानेपामा श्रमजीवीका कुरा विषयक कार्यक्रम आयोजना गरेको छ ।

पार्टी सभापति, संसदीय दलका नेता एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा श्रमजीवीहरु पर्यटन क्षेत्रमा १० प्रतिशत सेवा शुल्क लागु गर, नियमित काममा नियमित रोजगारी लागू गर आदि नारा लेखेका प्लेकार्ड प्रदर्शन गरेर सहभागी भएका थिए ।

पार्टी सभापति देउवाले मजदुरका समस्या आफूले सुनेको र पार्टीले त्यसलाई गम्भीरताका साथ लिने बताए । कार्यक्रममा पार्टी महामन्त्री गगन थापा लगायत नेताहरु पनि उपस्थित थिए ।

प्रतिक्रिया