सुत्केरी हुन अस्पताल गएकी राजु कसरी पुगिन् आर्यघाटमा !

मुुगुु । छायानाथ रारा नगरपालिका–१३ लुम गाउँकी ३० वर्षीया राजु नेपाली गत बिहीबार दिउँसो सामान्य पेट दुखेर सुत्केरी ब्यथा लागेको महसुुस गरी एक सहयोगीको साथमा जिल्ला अस्पताल जाने निधो गरिन् । घरबाट हिँडेर नेटासम्म पुुग्दै गर्दा उनका श्रीमान् मयलाल नेपालीले श्रीमतीलाई ब्यथा लागेको र अस्पताल हिँडेकी खबर पाए र दुवैको नेटामा भेट भयो । श्रीमतीलाई हिँड्न गाह्रो हुुने भएको र बोक्नको लागि एक्लै नसकिने भएपछि एम्बुुलेन्सलाई खबर गरे । एम्बुलेन्स दुई घण्टापछि नेटा पुुग्यो त्यसपछि त्यहि एम्बलेन्समा राजु नेपाली, श्रीमान् र र बहिनी वैशाख नेपाली चढेर जिल्ला अस्पताल पुगे । अस्पताल पुगेपछि खुुसी भएका मयालालको खुसी अस्पताल पुगेको केही घण्टामै खोसियो ।

अस्पतालमा पुगेर गर्भवती बिरामी भएको चित्किसकलाई जानकारी गराए । चिकित्सकहरूले राजु नेपालीलाई वार्डमा लगेर स्लाइन दिन सुरु गरे । त्यसपछि पटकपटक सोध्दा चिकित्सकले पाठेघरको मुख खोलेको छैन अरू ठिकै छ भनेकोे श्रीमान् मयालालले सुनाए ।

मयालले सोचे, ‘अब अस्पताल सुुत्केरी हुुन ल्याएको छुु । खासै समस्या नहोला छिटो पैदा हुुने ठाउँमा अलि ढिलो होला, ज्यानमाथि तलमाथि के होला विज्ञ डाक्टर छन् ।’ गाउँमा भएको भए समस्या हुन्थ्यो होला भन्ने लागेको थियो उनलाई । अस्पताले ल्याएको बिरामीको ज्यान जाला भनेर उनले सोचेकै थिएनन् । समय बित्दै जाँदा बिहीबार रातीको समयमा बच्चा उल्टो बसेको छ भन्ने जानकारी पाए, उनको मनमा खुल्दुुली लाग्न थाल्यो श्रीमतीको ज्यानमाथि केही समस्या आउँछ कि भन्ने । त्यहि पनि विज्ञ डाक्टर छन् त्यस्तो नहोला । श्रीमतीले बोलचाल गरी रहेकाले आफू ढुक्क रहेको मयलालले सुनाए ।

शुक्रबार बिहान एक चिकित्सकले भने, ‘तपाईंको बिरामीलाई बाहिर लानुपर्ने भयो यहाँ उपचार सम्भव भएन,’ भने । आर्थिक अवस्था नाजुक भएका उनले चिकित्सकलाई हात जोड्दै भने, ‘साब आर्थिक छैन के गर्ने भने,’ उनका कुरा सुनेपछि चिकित्सक टोलीबीच एकआपसमा छलफल भएको मयलालले बताए । उनको कमजोर अवस्था सुनेका डाक्टरले भने, ‘तपाईंको बिरामीलाई अप्रेसन गर्छौं दुवैलाई त बचाउन सक्दैनाँै एक जनालाई बचाउँछौँ,’ भने । डाक्टरको कुरा सुनेर उनले बच्चा चाहिँदैन बरु श्रीमती बचाइदिन उनले भने ।

उनले भने, ‘बिरामीलाई अप्रेसन कक्षभित्र लानुअघि सेतो कागजमा ल्याप्चा गराए, भित्र लगेपछि श्रीमतीले तीनपटक ठूलो आवाजमा कराएको सुने ।’ त्यसको केही समयमै श्रीमतीको मृत्यु भएको खबर सुनेर आफू बेहोस भएको उनले बताए ।

राजु नेपालीका श्रीमान् बेहोस अवस्थामै रहेका र अन्य एक दुई जना आफन्तलाई खबर गरेर र जिल्ला अस्पातल मुुगुु एम्बुुलेसबाट लास आर्यघाटसम्म पुर्याइयो । राजुुको मृत्युुको खबर सुनेर अस्पताल पुगेका आफन्तले उनलाई भेट्न पाएनन् । अर्को रोचक के छ भने राजुको मृत्यु भएपछि आफन्तलाई खबर गर्नुपर्नेमा आफन्त पुग्नु अगावै सुरक्षाकर्मीले अस्पतालमा घेराबन्दी गरेका थिए । मृतकको नाताले भदा पर्ने लेखराज परियारका अनुसार मृत्युको खबर सुनेर अस्पताल पुग्दा आफन्तभन्दा सुरक्षाकर्मीको घेराबन्दै देख्दा अचम्म लाग्यो ।

अस्पताल प्रशासनलाई पीडितले सोध्दा अप्रेसनको तयारी गर्दै गर्दा मृत्युु भएको र यसबारेमा आइतबार छलफल गराैंला भन्दै लास उठाउन आग्रह गरेपछि लास उठाई आर्यघाट लगिएको बताए । ‘लास आर्यघाट लगिए पनि लास बुझेको कुनै कागज छैन । नियती खराब रहेछ हामीलाई थाहा भएन लास आर्यघाट लिनु गल्ती भयो ।’

मृत्युको बचाउ गर्दै प्रेस विज्ञप्ती

जिल्ला अस्पातल मुगुले प्रेस विज्ञप्ती ठाडो कागजमा निकालेर राजु नेपालीको मृत्युुका बारेमा यसरी बोलेको छ । बिहीबार सुत्केरी हुन अस्पताल पुुगेकी राजुु नेपालीको पिसाबको संक्रमण र बच्चा पाउने व्यथा लागेर अस्पताल भर्ना हुन पुगेकी हुन् । अस्पातल पुुग्दा पाठेघरको मुख दुई सेमी खुलेको तर चेकजाँच गर्दा बच्चा घुमेर बसेको लामो समयसम्म पनि पाठेघरको मुख नखोलेको र अप्रेसन गर्नुुपर्ने भएकाले यहाँ अप्रेसन गर्दा समस्या हुने भएकाले जुम्ला वा बाहिर जिल्लामा लिन रिफर गरे पनि त्यो नभएको र बच्चाको धड्कन घटेको तत्काल जुम्ला रिफर गर्दा बाटोमै आमा बच्चाको ज्यान जाने अवस्था रहेकाले गर्भवती र उहाँका श्रीमानको लिखत सहमतिमा अप्रेसन गरेको जिल्ला अस्पताल मुगुले पेस विज्ञप्तीमार्फत जानकारी दिइएको छ ।

त्यसपछि अप्रेसन कक्षमा लगिएको र ढाडमा लट्टाउने औषधि दिने बेला बिरामी बेहोस् भएर घाँटीको नसा मुटुको चाल शून्य भई अन्य विकल्प खोज्दा पनि बचाउन नसकिएको बताएको छ । अस्पातल प्रशासनले लेटर हेड सहितको प्रेस विज्ञप्ती निकालेर घटनाको जानकारी दिनुपर्ने भए पनि ठाडो कागजमा विनाहस्ताक्षरको कथित प्रेस नोट निकालेर घटनाको जानकारी दिनु गलत भएको भन्दै सामाजिक सञ्जालमा स्थानीयले विरोध गरेका छन् ।


सामान्य नजरले हेर्ने हो भने पनि अस्पतालको लापरवाही देखिएको छ । जिल्ला अस्पताल मुुगुुका सूचना अधिकारी पशुुराम नेपालीका अनुसार बिशेषज्ञ चिकित्सका अनुसार अप्रेसन पूर्व लगाइने एनएसथेसिया सुई लगाउँदा लाखौँ मान्छेमा एक जनालाई रियाक्सन हुन्छ । एनएसथेसिया सुुई लगाउने अधिकारप्राप्त डाक्टर दुई महिनादेखि बिदामा छन् । यसको अथोरिटी एमडिजिपी डाक्टरलाई हुन्छ अप्रेसन पूर्व लगाइने एनएसथेसिया सुईकै रियाक्सनले यस्तो घटना भएको सूचना अधिकारी नेपालीले बताए ।

बिरामीको आर्थिक अवस्था कमजोर भएको र बाहिर जिल्ला लैजान आग्रह गर्दा आर्थिक कमजोर भएकाले यहीँ अप्रेसन गर्न आग्रहका आधारमा यहीँ अप्रेसन गर्दा उनको ज्यान गएको अस्पतालले जनाएको छ ।

तालाबन्दीपछि वार्ता गर्ने निर्णय

जिल्ला अस्पताल मुुगुुमा राजुु नेपालीको मृत्युु अस्पताल प्रशासन, चिकित्सकको लापरवाहीले भएको भन्दै आफन्तले शनिबार दुई घण्टा अस्पताल प्रशासनमा ताला लगाए । दुर्गम जिल्लाहरूमा जोखिममा परेका गर्भवतीलाई राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट तुरुन्तै सेनाको हेलिकोप्टर झिकाएर उद्धार गर्ने नियम भए पनि जिल्ला अस्पताल मुगुमा चिकित्सकको लापरवाही अस्पताल प्रशासनको ढिलासुस्तीका कारण गर्भवती राजुु नेपालीलाई उद्धारमा चासो नदेखाएका आफन्तको आरोप छ । अस्पताल पुुगेको १८ घण्टासम्म पनि गर्भवती महिलाको उद्धार नहुनु भनेका अस्पताल प्रशासनको लापरवाही भएको लेखराजले बताए ।

अस्पतालको लापरवाहीले राजुुको ज्यान गएको भन्दै उचित छानविनको माग राख्दै अस्पताल प्रशासनमा ताला लगाएकोे उनले बताए । गरिब दलित देखेर जानीजानी मृत्युको मुखमा पुर्याएको उनको आरोप छ । सरकारी अस्पतालमा १० प्रतिशत निःशुल्क उपचार हुन्छ । समयमै बाहिर जिल्ला नपाठाएर मृत्युु भएको परियारले बताए । शनिबार दुई घण्टा तालबन्दी पछि यस घटनाको वास्ताविक छानविनको लागि वार्ता गर्न सहमति भएको छ ।

प्रतिक्रिया