सबै दलको दुश्मन भ्रष्टाचार हो : रवि लामिछाने

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसद रवि लामिछानेले अन्य राजनीतिक दलहरु आफ्नो दुश्मन नभई सवै दलका साझा दुश्मन मुलुकको भ्रष्टाचार भएको बताएका छन् ।प्रतिनिधिसभा सदस्यको लागि भएको उपचुनावमा चितवन-२ भारी मतले विजयी भएपछि सम्बोधन गर्दै उनले सबै राजनीतिक दलका साझा दुश्मन मुलुकको भ्रष्टाचार गरिवी र अशिक्षा भएका कारण यसलाई चिर्नुपर्नेमा जोड दिए ।

उनले आफूलाई मत दिएका र नदिएका सबै चितवनबासी नागरिक आफ्नो प्राथमिकतामा रहने बताए । उनले भने, ‘मतान्तरले भारी थपिदिएको छ त्यो भारी उचाल्नु छ। चुनाव जितेपनि म तपाईं सबैको घर–घरमा आउन सकिन भने माफ गर्नुस् । म तपाईंको घरमा नीति मार्फत आउन चाहन्छु, म हैन मेरा नीतिहरु घर घरमा पुगुन् भन्ने हो । हामीले बनाएको नीतिले तपाईका छोराछोरीले राम्रो विद्यालय बढ्न पाए भने म तपाईको घरमा आएजस्तो हुनेछ । म नीतिको रुपमा तपाईको घर घरमा आउनेछु । पाँच बर्षमा ठूलो पार्टी बनेर आफ्नै नेतृत्वको सरकार बनाउन सक्ने भएर आउनेछु ।’

उनले दल र नेता आफुलाई मन लागेको ठाउँमा मात्रै बजेट छुट्याएर विवेधकारी नीति चिर्ने प्रतिवद्धता पनि जनाएका छन् । उनले अन्य राजनीतिक दलसँग पनि सहकार्य गरेर विकास गर्न चाहेको उल्लेग गरेका छन् ।

उनले थपे, ‘चुनावमा जतिठूलो प्रतिस्पर्धी भयौँ, विकासमा त्यतिधेरै मिलेर काम गर्नेछौँ । जितलाई आफ्नो मात्रै दलको भन्दा पनि सम्पूर्ण चितवनबासीको जित मान्नेछौँ ।
चाहना र अपेक्षा ठूला छन् स्रोत कम छन् तर हामी मरिमेटेर काम गर्नेछौँ । यो बर्ष योजना बनाउने बर्ष हुनेछ। म यो बर्ष चितवनको विकासको लागि खाका कोर्नेछु ।’ रविले विदेमा बसेका चितवनबासीलाई विकासको लागि स्वदेश फर्कन आह्वान गरेका छन् ।

प्रतिक्रिया