पाँचथर । फिदिम नगरपालिका स्तरीय चौँथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि फिदिम माविले जितेकाे छ । १९ स्वर्ण, १० राजत र ७ कास्य पदकसहित फिदिम माविले उपाधि हात पारेको हो ।
८ स्वर्ण, ७ राजत र ९ कास्य पदकसहित खलंगाटार माद्यमिक विद्यालयले देस्रो स्थान प्राप्त गर्यो भने ५ स्वर्ण ५ रजत र ७ कास्य पदकसहित रानिटार माविले तेस्रो स्थान प्राप्त गर्यो । नमुना माध्यमिक विद्यालयले ४ स्वर्ण, २ रजत र ३ कास्यपदक प्राप्त गरेको छ ।
महादेव गुप्तेस्वरले २ स्वर्ण, ३ रजत र १ कास्य पदक प्राप्त गरेको छ । सिद्धदेवी माध्यमिक विद्यालयले १ स्वर्ण, ४ रजत र ३ कास्य, विद्याबरदानले १ स्वर्ण, २ कास्यपदक प्राप्त गरेको छ ।
समता निम्न माध्यमिक बिद्यालयले ४ रजत र १ कास्य, कालिका माविले १ रजत, जनकल्याण माबिले १ रजत, सिद्धदेबि माविले १ कास्य र नांगिन माविले १ कास्यपद प्राप्त गरेका छन् ।
प्रतियोगितामा जम्मा १४ वटा विद्यालयले सहभागिता जनाएका थिए । उपाधि विजेता फिदिम माविलाई कार्यक्रमका प्रमुख अतिथि फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेले शिल्ड प्रादन गरे । कार्यक्रम खलंगाटार माविको मैदानमा सुक्रबार सम्पन्न भएको हो ।
प्रतिक्रिया