नेकपा पाँचथरले घोषणा गर्याे सघर्षका कार्यक्रम

पाँचथर । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीले ७ वुंदे संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ । बिहीबार पत्रकार सम्मेलन गरी विभिन्न विषयका ७ वुंदे संघर्षका कार्यक्रम प्रेस विज्ञप्ति मार्फत सार्वजनिक गरेको हो ।

संघर्षका कार्यक्रम पाटि जिल्ला सेक्रेटरी हुकुम मल्लले पत्रकार सम्मेलन मार्फत जानकारी गराए । साथै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउने तयारी भइरहेको जिल्ला इन्चार्ज सन्तोष विष्टले जानकारी दिए ।

यी हुन् संघर्षका कार्यक्रम

१) पाटोलाई जनआधारित पाटि बनाउने गरि संगठन विस्तार गर्ने ।

२) देशै भरीका आम जनतालाई रिण लगानीको नाउमा घरबार विहिन बनाउने आत्महत्या सम्म गर्न बाध्य बनाउने, लघु वित्तय संस्थाहरु पाँचथरमा पनि सकृय रहि महङ्गो व्याज किस्ता असुल्दै विभिन्न समुह बनाउ जस्ताको श्रमबाट आर्जित विकेन्द्रीत गर्ने नाउँमा आर्थिक ब्रह्मलुट गरेको हुँदा यि यस्ता कार्य तत्काल रोक्न र जनताको ज्यान धनको सुरक्षाको लागि फागुन ५ गते बाट निरन्तर संघर्ष गर्ने र यस्ता वित्तीय संस्थालाई राज्य बाट तत्काल नियमन गरि खारेज गर्न दवाव मुलक संघर्ष गर्ने साथै पिडित हरुलाई संगठित गर्ने।

३) लागु औषध कारोबारि तथा दुर्व्यवेसनि को पहिचान गरी सचेतना र जागरण सहित को कारवाही गर्ने ।

४) पाँचथर बाट चल्ने लामो, छोटो दूरीका यातायात व्यवसायीहरुले मनोमानी भाडा असुली रहेकाे हुँदा सम्बन्धित निकाय संगै छलफल गरि उचित भाडा दर निर्धारण का लागि छलफल गर्ने, यदि हाम्रो आग्रह लाइ वेवास्ता गरे कडा संघर्षमा उत्रने ।

५) पाँचथरमा संचालित र निर्माणधिन अवस्थामा रहेका हाइड्रोपावर प्रालिले स्थानीय जनतासँग गरेको सहमति अनुसार विकास निर्माण पर्यावरण सामाजिक कार्य नगरि प्राकृतिक श्रोत साधन को दोहन समेत गरेको ले त्यसका विरुद्ध स्थानीय जनतालाई साथमा लिई शसक्त संघर्ष गर्ने ।

६) पाँचथरका सम्पुर्ण स्थानीय तहमा देखिएका भ्रष्टाचार कमिसन र अपारदर्शिता को बिरुद्धमा जन गुनासो सुनि आवश्यक संघर्ष अघाडी बढाउने ।

७) यही फागुन १५ गते बाट सुरुहुने सहिद सप्ताह को अवसरमा परिवर्तन का लागि पाँचथर बाट बलिदान गर्ने शहीद हरूको सम्मान र सम्झना मा फिदिम नगरपालिका भित्र शहिद स्मृति प्रतिक्षा लय निर्माण कार्य अगाडि बढाउने ।

प्रतिक्रिया