काठमाडाैं । बागमती प्रदेशमा १४ बाट मन्त्रालयको संख्या घटाएर ११ मा झारिने भएकाे छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पुस २६ गते पदभार ग्रहण गर्दै प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा १५ दिनभित्र प्रदेशको मन्त्रालयको अध्ययन गरेर संख्या निर्धारण गर्दै प्रतिवेदन बुझाउन निर्देशन दिएका थिए ।
कार्यदलले आज अन्तिम दिन प्रतिवेदन बुझाएको हो । मन्त्रिपरिषद्मा राज्यमन्त्री राखिने छैनन् । मुख्यमन्त्री जम्कट्टेलले अब छिट्टै मन्त्रिपरिषद् विस्तार हुने बताए ।
बागमतीमा कायम हुने मन्त्रालय
१) मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
२) आन्तरिक मामिला तथा कानून मन्त्रालय
३) आर्थिक मामिला तथा योजना मन्त्रालय
४) भौतिक पूर्वाधार विकास मन्त्रालय
५) ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय
६) श्रम, रोजगार तथा यातायात मन्त्रालय
७) वन तथा वातावरण मन्त्रालय
८) कृषि तथा पशुपन्छी विकास मन्त्रालय
९) सामाजिक विकास मन्त्रालय
१०) पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय
११) स्वास्थ्य मन्त्रालय
प्रतिक्रिया