मुगु । मुगुकाे सदरमुकाम गमगढीमा भैरहेको अन्तर विद्यालय स्तरीय विद्यार्थी फुटबल प्रतियोगिताको उपाधी प्रभात माध्यामिक विद्यालय रोवाका विद्यार्थीहरुले हात पारेका छन् । २१औं स्व बखतबहादुर स्मृति दिवशको अवसरमा शहिद बखतबहादुर शाही फाउण्डेनको आयोजनामा गत ४ गतेबाट जिल्ला सदरमुकाम गमगढीमा संचालन भैरहेको अन्तर विद्यालय स्तरीय विद्यार्थी फुटबल प्रतियोगिताको आईतबार (संचालित फाईनल प्रतियोगितामा प्रभात मावि रोवाका विद्यार्थीले श्री माहाकाली नमुना माविका विद्यार्थीलाई २-० अंकले जित हासिल गदै विजेताको उपाधी लिन सफल भएका हुन् ।
फाईनल प्रतियोगिता शुरु भएको ८ मिनेटमा मावि रोवाका १४ नं जर्सि खेलाडी धरम सेजुवालले पहिलो गोल गरेका थिए, भने हाफटाईम पछिको २१ मिनेटमा मावि रोवालाई १५ नं जर्सि खेलाडी विश्वराज सेजुवालले दोस्राे गोल दिलाएका थिए । जिल्ला सदरमुकाम स्थित महाकाली माध्यामिक विद्यालयलले यस अघि हुँदै आएका प्राय सबै खेलको उपाधी जित्दै आएपनि यो चोटी शुन्यले पराजित हुनु पर्यो । सदरमुकाम बाहिरबाट जित हासिल गर्ने मावि रोवा पहिलो विद्यालय बनेको छ ।
हरेक बर्ष बखत स्मृतीको अवसरमा भलिबल, फुटबल र देउडा प्रतियोगिताको आयोजना गर्दै आएको फाउण्डेसनले यो वर्ष फुटबल र देउडा प्रतियोगिता आयोजना गरेको थियो । विजेता मावि रोवाले शिल्ड टफि, गोल्ड मेडलसहित २५ हजार नगद र उपविजेता महाकाली माविका विद्यार्थीहरुले शिल्ड टफि, शिल्भर मेडलसहित १५ हजार नगद पुरस्कार पाउने बखतबहादुर शाही फाउण्डेसन सचिव दिपक रावलले बताए ।
फुटबल प्रतियोगितामा मिन मावि भारेकोट, निमावि कार्कीवाडा, थापा बोडिङ्ग, रारा बोडिङ्ग, सिदार्थ गौतम बोडिङ्ग स्कुल, महाकाली मावि र मावि रोवा सहित ११ विद्यालयका १६ वटा विद्यार्थी टिमले सहभागिता जनाएका थिए ।
यसैबीच प्रभात मावि रोवाका जर्सी नम्बर १५ का खेलाडी धरम सेजुवालले खेलअवधिभर उत्कृष्ट खेलको उपाधि जित्न सफल भएका छ्न । सेजुवाल खेलाडी सानो उमेरमा राम्रो खेल प्रदर्शन गरेकाले उनको खेलप्रतिको मोह बढाउन फाउन्डेसनको तर्फबाट मासिक ५ हजारका दरले रकम उपलब्ध गराउने जनाएको छ ।
नेपाली कांग्रेसका मुगु जिल्ला सस्थापक सभापति, पूर्व जिल्ला विकास समिती सभापति बखतबहादुर शाहीलाई तत्कालिन माओवादीका कार्यकर्ताहरुले शाही आफनै घरमा साँझको खाना खाईरहेको बेला २०५८ साल माघ ४ गते गोली हानी हत्या गरेका थिए । सरकारले शहिद घोषणा गरेपछि नेपाली कांग्रेस र घर परिवारले बखतबहादुर शाही फाउण्डेसन स्थापना गरि सामाजिक काम गदै आएका छन् ।
मुगु
प्रतिक्रिया