‘तोरीलाहुरे’ बन्ने

काठमाडौं : द्वन्द्व निर्देशनमा एक अलग परिचय बनाएपछि निर्देशनमा हात बढाएका निर्देशक एनबी महर्जनले दोस्रो चलचित्र सुरु गरेका छन् । चलचित्र हो ‘तोरीलाहुरे’ । चलचित्र सोमबार बालाजुस्थित एक होटलमा नायक तथा निर्माता रोज राणाले क्याप्प पड्काएर र निर्माता मधुकुमार श्रेष्ठले क्यामराको सुइच अन गरेर शुभ मुहूर्त गरिएको थियो ।
रिदम एन्ड दीलिप फिल्मस प्रालिको ब्यानरमा सूर्य थोकर र दिलकुमार तामाङले निर्माण गर्ने यस चलचित्रमा सुवास थापा, गजित विष्ट र रोहितकुमार आशिष्मा नकर्मी, समुना केसी र जानुका बोहरा, दिनेश डिसी, सुशील पोखरेल, जयनन्द लामा, बालदीप राई, अशान्त शर्माका साथमा र सविन शाक्यको समेत मुख्य भूमिका रहने छ ।
फाइट मास्टरका रूपमा चिनिएका थोकर यस चलचित्रबाट निर्माता बन्दैछन् । ‘बजार’ चलचित्र निर्देशन गरेको दुई वर्षपछि महर्जनले यो चलचित्र गर्न लागेका हुन् । अहिले चलेको सेक्स स्क्यान्डलभन्दा फरक पूर्ण कमर्सियल चलचित्रका रूपमा आफूले ‘तोरीलाहुरे’ निर्माण गर्ने निर्देशक महर्जनले बताए । चलचित्रमा गम्भीर विष्टको नृत्य निर्देशन, शंकर महर्जनको द्वन्द्वनिर्देशन रहने छ भने संगीत सन्तोषराज र इजी ब्यान्डको समेटिएको छ । ३५ दिनको सेडुयल रहेको चलचित्रको सोमबारबाटै छायांकन सुरु भएको छ । (सौस)

प्रतिक्रिया