बैंक अफ काठमाण्डूको २८औं वार्षिक साधारण सभा, नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित

काठमाडौं । बैंक अफ काठमाण्डूको आफ्नो २८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रबार त्रिभुवन आर्मी अफिसर्स क्लबमा सञ्चालक समितिका अध्यक्ष प्रकाश श्रेष्ठको अध्यक्षतामा साधारणसभामा सम्पन्न भएको हो ।

सभाले नेपाल राष्ट्र बैंकको निर्देशानुसार तयार गरिएको वित्तीय विवरणहरु स्वीकृत गरेको छ । सभाले २०७८/७९ सम्मको संचित मुनाफाबाट २०७९ आषाढ मसान्तसम्ममा बैंकको कायम भएको चुक्ता पूँजीको ६ प्रतिशतका दरले बोनस शेयर र चुक्ता पूँजीको १४.९५ प्रतिशतका दरले नगद लाभांश (लाभांशमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पनि सर्वसम्मतिबाट पारित गरेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । साथै, बैंक अफ काठमाण्डू र ग्लोबल आइएमई बैंक एक आपसमा गाभ्ने तथा गाभिने प्रयोजनका लागि संचालक समितिबाट भएका निर्णयहरु सभाले पारित गरेको छ ।

प्रतिक्रिया