छ किलो चाँदी बरामद

मकवानपुर, ८ पुस । मकवानपुर जिल्लामा प्रहरीले करिब छ किलो चाँदी सहित दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरीको चुरियामाई–३ स्थित अस्थाई पोष्ट रातमाटेले शनिबार चाँदी सहित उनीहरुलाई पक्राउ गरेको जनाएको छ । वीरगंजबाट काठमाडौंतर्फ जाँदै गरेको ना.२० प ७६७८ नम्वरको मोटरसाइकल चेकजाँच गर्दा अबैध रुपमा लैजाँदै गरिएको चाँदी बरामद भएको थियो ।
पक्राउ पर्नेमा बारा जिल्ला गंजभवानीपुर–६ बस्ने २८ बर्षीय अशोक कुमार शाह र भारत रक्सौलका ३८ बर्षीय अशोक कुमार छन् ।

प्रतिक्रिया