चलचित्र कपिराइटबारे कार्यशाला

काठमाडैां, २९  मंसिर । कलाकार, निर्माता, प्राविधिकसँग सम्झौतापत्र कसरी गरिन्छ, र यससम्बन्धमा अन्तर्राष्ट्रिय प्रचलन के छ भन्ने सम्बन्धमा आयोजित दुईदिने कार्यशाला गोष्ठी बिहीबार सम्पन्न भएको छ । कार्यक्रम विश्व बौद्धिक सम्पत्ति संगठन (विपो) सँगको साझेदारीमा कपि–राइट्स रजिस्ट्रारको कार्यालय नेपालले आयोजना गरेको थियो ।
वर्कसपमा चलचित्र समीक्षक प्रदीप भट्टराई, गीतकार तथा निर्देशक यादव खरेल रिसर्च पर्सनका रूपमा रहे भने अन्तर्राष्ट्रियतर्फ कन्टेन्ट सेल्स डिस्ट्रिब्युसन क्लिएटिएल इन्टरटेन्मेन्ट हङकङकी उपाध्यक्ष वेन्डी रिड्स, कम्प्लियन्स कन्सल्टिङ लस एन्जलसका अध्यक्ष रोब एफ्ट र कपि–राइटस् इन्फ्रास्ट्रक्चर डिभिजन क्रिएटिभ इन्डस्ट्रिज सेक्सनकी विपोको काउन्सिलर डोना हिल रहेकी थिइन् ।
वर्कसपमा कलाकार संघका नवनिर्वाचित अध्यक्ष नवल खड्का, चलचित्र विकास बोर्डका सदस्य, निर्माता संघका अध्यक्ष राजकुमार राई, निर्देशक समाजका अध्यक्ष विमल पौडेल, प्राविधिक संघका पदाधिकारी सहभागी थिए ।(सौस)

प्रतिक्रिया