सत्य चौलागाईं नयाँ एल्बमको तयारीमा

काठमाडैां : चलचित्र निर्देशक दयाराम दाहालको सहायकका रूपमा काम गरेर निकै चर्चा कमाउन सफल व्यक्तित्व हुन् सत्यराज चौलागार्इं । उनले दाहालसँग मिलेर गरेका चलचित्रहरू मायाको बारीमा, प्रदर्शाेन्मुख समय, नागरिक लगायतका फिल्म छन् । उनले आधा दर्जनभन्दा बढी म्युजिक भिडियो पनि खिचिसकेका छन् ।
सत्यराजले चलचित्रलाई प्राथमिकतामा राख्दै सांगीतिक क्षेत्रलाई पनि अँगाल्ने जनाएका छन् । उनी अहिले सोलो रचनामा‘साथी ०१२’ एल्बम ल्याउन लागिपरेका छन् । उनले यो एल्बमभन्दा अगाडि पनि केही कलेक्सन एल्बमहरूमा गीतको रचना गरेको बताए । आउन लागेको सोलो एल्बममा सुफी, सोलो, सफ्ट र टाइटल गीत र फ्रेन्डसिप सङ समेटेकाले सबै प्रकारका दर्शक–श्रोतालाई आफ्नो गीत मन पर्ने उनले बताए । यस एल्बममा संगीत र गायन रवि आर एसको रहेको छ । (सौस)

प्रतिक्रिया