‘स्वर संग्राम’ को अडिसन सुरु

काठमाडौं : गायनमा नवप्रतिभा खोज्ने उद्देश्यले सञ्चालन हुनलागेको रियालिटी सो ‘स्वर संग्राम’को अडिसन सुरु भएको छ । रियाक्सन मिडियाको आयोजनमा सञ्चालन हुनलागेको उक्त रियालिटी सोको अडिसन बुधबार काठमाडांैबाट सुरु भएको हो । अडिसन मकवानपुर, जनकपुर, विराटनगर, बिर्तामोड, पोखरा, धनगढी, बुटवल हुँदै नारायणघाटका स्थानमा हुनेछ ।
नेपाल टेलिभिजनबाट प्रत्येक शनिबार राति ८:३० बजे प्रसारण हुने उक्त रियालटी सोको अन्तिम प्रतिस्पर्धा भने आगामी असारको अन्तिम साता हुनेछ । पहिलो, दोस्रो र तेस्रो गरी तीन चरणको अडिसनबाट अन्तिम प्रतिस्पर्धी छानिने यस प्रतियोगिताका विजेताले दुई लाख नगद र अन्य थुप्रै उपहार जित्नेछन् । त्यस्तै, दोस्रो र तेस्रो विजेताले क्रमश: एक लाख र पचास हजारसहित अन्य उपहार प्राप्त गर्नेछन् । प्रतियोगितामा १३ वर्षभन्दा माथिका नेपाली नागरिकले भाग लिन सक्नेछन् । प्रतियोगिताको निर्णायक मण्डलमा गायिका देवीका वन्दना र संगीतकार शिलाबहादुर मोक्तान छन् । (सौस)

 

प्रतिक्रिया