समीरालाई दश मिनेटको पचास लाख

मुम्बई : बलिउड अभिनेत्री समीरा रेड्डीलाई दश मिनेट काम गरेको पचास लाख दिइने भएको छ । उनलाई कुनै चलचित्रमा दश मिनेट अभिनय गरेबापत पचास लाख दिन लागिएको भने होइन । उनलाई यो रकम ‘न्यु इअर नाइट’ कार्यक्रममा नृत्य गरेबापत दिन लागिएको हो ।
लखनउमा आयोजना हुने न्यु इअर नाइटका आयोजकले त्यस सोमा १० मिनेट नाचेबापत उनलाई उक्त दिन लागेको हो । यस न्यु इअर सोमा समीराले ‘मुन्नी बदनाम हुई डार्लिङ तेरे लिए…,’ र ‘शीला की जवानी…’ बोलका गीतमा हट नृत्य प्रस्तुत गर्ने छिन् । समीराका एक निकट साथीले बताएअनुसार उनले अघिल्लो वर्ष न्यु इअर नाइटमा कुनै प्रस्तुति गरेकी थिइनन् । त्यसैले पनि यसपटक प्रस्तुति प्रस्तुत गर्न निकै उत्साहित भएको उनकी साथीले बताएकी छन् । आफ्ना प्रशंसकका साथ नयाँ वर्ष मनाउने चाहना समीराको पनि थियो । आफ्नो भतिजाको जन्मदिन मनाउन ग्रिस गएकी समीरा त्यहाँ अलमल नगरी मुम्बई आई न्यु इअर नाइटको तयारी गरिरहेकी छन् । (एजेन्सी)

प्रतिक्रिया