काव्य–विचार गोष्ठी

काठमाडौ : श्री लुनकरणदास–गंगादेवी चौधरी साहित्यकला मन्दिरले नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको ‘काव्य विचार–गोष्ठी’ कार्यक्रममा अमर गिरी र डा. लक्ष्मणप्रसाद गौतमले कविताको विषयमा कार्यपत्र पेस गरे । गिरीले ‘समकालीन नेपाली कवितामा सांस्कृतिक चेतना’ र गौतमले ‘समकालीन नेपाली कवितामा राष्ट्रिय चेतना’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । प्रस्तुतिपछि गिरीको कार्यपत्रमा डा. ज्ञानु पाण्डे र गौतमको कार्यपत्रमा डा. कुमारप्रसाद कोइराराले टिप्पणाी गरेका थिए । कार्यपत्रमाथि संयुक्त टिप्पणी गर्दै साहित्यकार मोदनाथ प्रश्रितले दुवै कार्यपत्रले समकालीन नेपाली कवितामाथि राम्रो समालोचना गरेको विचार व्यक्त गरे ।
सोही अवसरमा आयोजित कविता वाचन कार्यक्रममा कवि बैरागी काइँला, दुर्गालाल श्रेष्ठ, विमल निभा, फूलमान बल, ठाकुर बेलवासेलगायतले कविता वाचन गरेका थिए । (सौस)

प्रतिक्रिया