आइएमई पे र सेञ्चुरी बैंकवीच सहकार्य

काठमाडौँ । आइएमई पे र सेञ्चुरी कमर्सिअल बैंकवीच पार्ट्नर बैंक सम्झौता भएको छ । हालै एक कार्यक्रमका वीच सो सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको हो । सम्झौता पत्रमा आइएमई पेको तर्फबाट कार्यवाहक प्रमुख कार्यकारी अधिकृत आमोद भट्टराई र सि.सि.बि.एल.को तर्फबाट प्रधान व्यापार विकास अधिकारी शंकर के.सिले हस्ताक्षर गरको हुन ।

सम्झौता अनुसार डिजिटल सहजताको निम्ति आइएमई पे मोबाईल वालेट एपमा सेञ्चुरी कमर्सिअल बैंकको खाता लिंक गरी बैंकको वित्तीय सुबिधा आइएमई पे एपमा प्रयोग गर्न मिल्ने कम्पनीले जनाएको छ । हालसम्म नेपालको २३ वटा बैंक तथा वित्तिय संस्थाहरुसँग सो सम्झौता गरेको आइएमई पेले यस लिंक–अपको विभिन्न फाइदाहरु भएको जनाएका छ । आइएमई पेमा बैंक लिंक गरे पश्चात उपभोक्ताले आफ्नो सुबिधा अनुसार बैंकको खातामा आइएमई पे एपबाट निःशुल्क पैसा पठाउन वा सार्न मिल्ने पनि उल्लेख छ ।

प्रतिक्रिया