काठमाडौंमा ४० हजार मतगणना

काठमाडौं । काठमाडौं महानगरपालिकामा ४० हजार भन्दा धेरै मत गणना भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्म ४० हजार ५०५ मत गणना भएको छ ।

जसमा मेयरका लागि स्वतन्त्र उम्मेदवार बालेन साहले १५ हजार ७७५ मत ल्याएर फराकिलो अग्रता लिइरहेका छन् । दोस्रोमा रहेका नेकपा एमालेका केशव स्थापितले ८ हजार २५३ मत ल्याएका छन् भने नेपाली कांग्रेसकी सिर्जना सिंहले ७ हजार ३४८ मत ल्याएकी छन् ।

प्रतिक्रिया