नर्सरीबाट व्यवसायिक बन्दै इदिङगो

पाँचथर । फिदिम नगरपालिका २ पल्लोटारका उद्यमी गजेन्द्र इदिङगोले कृषिजन्य बिरुवा नर्सरीबाट बिरुवा बेचेर मनग्य आम्दानी गरेका छन् । उनले थाङसाङ कृषि उद्योग दर्ता गरी नर्सरीमा बिरुवा उत्पादन गरेका छन् । नर्सरी ६ लाखको लगानीबाट सुरुवात गरी बिरुवा उत्पादनमा लागेको उद्योगका सञ्चालक इदिङगोले जनाए ।

नर्सरीकोलागि सुरुमा उनले मासिक ५० हजार बराबरको भाडामा जग्गा लिएका थिए । इदिङगोले नर्सरीबाट बार्षीक करिब २० लाख आम्दानी मध्ये आफूलाइ मुनाफा ६ लाख हुने जनाएका छन् । मुनाफाबाट घर खर्च र बालबच्चा पढाउन पुगेको उनको भनाइ छ । इदिङगोको उद्योगबाट बिभिन्न प्रजातिका बिरुवा उत्पादन गर्ने गरेका छन । नर्सरीबाट एभोकाडो, सुन्तला , कागति, दन्तेओखर, ओखरकै प्रजाति पीकानट, ओखर, रसियन क्यान्दल र फ्याकुन्दे ओखर र लोकल ओखर उत्पादन हुने गरेको छ । उक्त विरुवा बिक्री गरेर राम्रो आम्दानी भइरहेको उनले बताए ।


नर्सरीमा हाडेओखर दन्तेओखरबीच ग्राफ्टीङ गरेर बिरुवा उत्पादन गरी बितरण भइरहेको उद्योग सञ्चालक इदिङको भनाइ छ ।
नर्सरीमा बाहिर बाट पनि बिरुवा ल्याएर बितरण गरीन्छ, आप , लिची, ज्यामिर, अनार, जुनार, श्याउ, अगरउट, रक्तचन्दन, सेतो चन्दन, भइकटहर, रुखकटहर, निबुवा, जल्लीपीर, उत्पादन गरीएका नर्सरीमा राखेको पाईन्छ । आयातित बिरुहरुमा, मरिच, सुकमेल, ल्वाङ, काजु, मलेसियन रुख, पौलोनिया, स्थानीय बुद्धचित्त, चिया, कफी, अलैचि, रामवुतान डुरियान लिचि, लगायत ड्राइगनफुटका बिरुवा उत्पादित बिरुवा बितरण गरेर इदिङगोले मनग्य आम्दानि गरेका छन् ।

उक्त नर्सरीमा फुुलका बिरुवापनि उत्पादन सहित आयातित बिरुवा राखिएकोे छ । काठमाडौं, भारत, डारर्जिलिङ, मिरीक, लगायत ठाउबाट आर्कषक फुुलहरुका बिरुवा ल्याइने गरेको उनले बताए । उनले रुद्राक्षलगायतका विरुवा संखुवासभा र भोजपुरबाट ल्याएर बिक्रीबितरण गर्ने गरेका छन । साँथै हिउदे बिरुवा किबि, नास्पाती, स्याउ पनि ल्याएर बितरण गर्ने गरेको उनले बताए ।

बिहान बेलुका उद्योग सञ्चालक इदिङगो र उनका पत्नी गौरादेवी बिरुवामा पानी सिंचाइ गरिरहेका भेटिन्छन् । भने इदिङगो ठेलामा माटो र मल ओसारीरहेका हुन्छन् । इदिङगो कहिले र्नसरी व्यवस्थापनमा कामदार संगै हुन्छन, त कहिले बजारमा बिरुवा व्यवस्थापनमा व्यस्त देखिन्छन् । नर्सरीमा बिरुवा किन्न तेह्रथुम, ताप्लेजुङ, पाँचथर, इलामलगायतका ठाँउबाट ग्राहक आउने गरेको उनले जानकारी दिए । बिरुवाहरु बिज्ञ प्राविधिकको सल्लाहमा रोपण गराइने उनको भनाई छ । हाल इदिङगोले अन्य जडीबुट्टी लगायत पेसामा संलग्न रहेको बताए । उनले मिजासिला स्वभावका धनि, इदिङगो सवैलाइ लगनशील, उद्यमी बन्न समेत उत्साह र प्रेरणा दिने गरेका छन् ।

प्रतिक्रिया