काठमाडौं । मर्सरले हरेक बर्ष सार्बजनिक गर्ने विश्वका कस्ट अफ लिभिंग सिटी (महंगो शहर) को सूचीको पहिलो नम्बरमा टुर्कमेनिस्तानको शहर अश्गाबट रहेको छ । २०२० को सूचीमा दोस्रो स्थानमा रहेको अश्गाबट यस बर्ष विश्वकै महँगो शहरमा पहिलो नम्बरमा उक्लिएको छ ।
मर्सरले शहरमा बस्न हुने खर्चको आधारमा विश्वका २०६ शहरको वरियता सार्बजनिक गरेको छ । यस अध्ययनमा हाउसिंग, यातायात, कहना र मनोरंजनलाई समावेश गरिएको छ । टुर्कमेनिस्तान हाल आर्थिक मन्दीमा रहेको र खानाको समेत अभाव रहेकोले अहिले यस शहरमा बस्न विश्वमै सबैभन्दा महँगो रहेको अध्ययनले देखाएको छ । त्यस्तै यस अध्ययनमा विश्वमा सबैभन्दा सस्ता शहरहरुमा क्रिगिस्तानको बिश्केक, जाम्बियाको लुसाका, जर्जियाको टीबीलिसी शहर रहेका छन् ।
विश्वका महंगा शहरहरुको सूची:
१) अश्गाबाट, टुर्कमेनिस्तान,
२) हङकङ,
३) बेरुत, लेबनान,
४) टोकियो, जापान,
५) जुरिच, स्वीट्जरल्याण्ड,
६) शंघाई, चीन,
७) सिंगापुर,
८) जेनेभा, स्वीट्जरल्याण्ड
९) बेइजीङ, चीन
१०) बेर्न, स्वीट्जरल्याण्ड
प्रतिक्रिया