मतदाता नामावली अद्यावधिकसम्बन्धी अन्तरक्रिया कार्यक्रम

दैलेख । जिल्ला निर्वाचन कार्यालय दैलेखले एकदिने मतदाता नामवली अद्यावधिक (दावी विरोध) सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको छ । जिल्ला निर्वाचन कार्यालय दैलेखको आयोजनामा जिल्लास्थित सरोकारवाला र पत्रकारहरूसँग एकदिने अन्तरक्रिया कार्यक्रम गर्दे जिल्ला निर्वाचन कार्यालय दैलेखका कार्यालय प्रमुख रिमा मल्लले निर्वाचन कार्यालयले गर्न लागेका कार्यक्रमहरूको बारेमा जानकारी दिएकी थिइन् ।

आइतबार प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारको अध्यक्षतामा जिल्ला समन्वय समिति दैलेखको सभाहलमा भएको कार्यक्रममा निर्वाचन आयोगको पृष्ठभूमि मतदाता नामावली ऐन २०७३ को दफा ४ को उपदफा (२) को प्रतिबन्धात्मक वाक्यांश (२) बमोजिम निर्वाचन मिति घोषणा भइसकेपछि सो निर्वाचनको प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गरिने छैन भन्ने व्यवस्था बमोजिम विगतदेखि संकलन भएको मतदाता नामावलीलाई आगामी निर्वाचनमा समावेश गर्नका लागि मतदाता नामावली अद्यावधिक दावी विरोधको प्रक्रिया बमोजिम, आगामि बैशाख १७ र २७ गते निर्वानको घोषणा भइसकेकोले यो कार्यक्रम तयार गरिएको जानकारी दिँदै निर्वाचन आयोगको उद्देश्य, कार्यक्रम कार्यान्वयन प्रक्रिया, नामावली प्रकाशन, प्राप्त निवेदनहरूलाई (नामावली) सच्याउनुपर्ने भएका सो अनुसारका काम गर्ने निर्वाचनसम्बन्धी कार्यक्रम सार्वजनिक गरिएका छन् ।

मतदाता नामावली अद्यावधिक कार्यक्रम देशभरका ७ सय ५३ वटै स्थानीय तहको केन्द्रलाई आधार मानी सञ्चालन हुने जिल्लास्तरका समग्र कार्यक्रम सुचारु भएको मल्लले जानकारी दिइन् । अन्तरक्रिया कार्यक्रममा प्रमुखअतिथि जिल्ला समन्वय प्रमुख प्रेमबहादुर थापा, अतिथि गाउँपालिकाका अध्यक्ष, सुरक्षा नियकायका प्रमुख, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया