वित्तीय संस्था खुल्ने क्रम बढ्यो

सप्तरी, १३ भदौ । सप्तरीमा बैंक तथा वित्तीय संस्था खुल्ने क्रम बढेको छ । तराईमा सशस्त्र संघर्षरत समूहको चहलपहल घट्नुका साथै अपहरण, लुटपाट, चन्दा आतंकलगायत आपराधिक क्रियाकलापमा कमी आएपछि वित्तीय क्षेत्रमा लगानी बढ्दै गएको हो ।

जिल्लामा शान्ति सुरक्षाको स्थितिमा सुधार आएकाले पछिल्लो समयमा जिल्लाभित्र बैंक तथा वित्तीय संस्था खुल्ने क्रम बढेको छ । जसका कारण जिल्लाको वित्तीय संस्थामा प्रतिस्पर्धा बढ्ने अपेक्षा गर्न थालिएको छ ।
सदरमुकाम राजविराजमा अहिले निजी क्षेत्रका वित्तीय संस्था धमाधम खुल्न थालेका छन् । करिब दुई वर्षअघिसम्म एउटै निजीस्तरका बैंकिङ संस्था नरहेको यस जिल्लामा अहिले आधादर्जन वित्तीय संस्था एवं बैंकले आºनो सेवा सञ्चालनमा ल्याएका छन् ।
अहिले राजविराजमा सनराइज, माछापुच्छ्रे बैंक, प्रभु फाइनान्स, सिर्जना फाइनान्स सञ्चालनमा छन् भने ग्लोबल बंैक केही दिनभित्रै सञ्चालनमा आउने तरखरमा छन् । तीमध्ये सिर्जना फाइनान्सले पहिलादेखि नै आºनो सेवा सञ्चालन ल्याएको थियो ।
यसअघि सरकारी क्षेत्रका कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक लिमिटेड मात्रले आºनो स्थापना कालदेखि नै सेवा प्रदान गर्दै आएका थिए । लामो समयदेखि जिल्लामा निजी क्षेत्रका वित्तीय संस्था एवं बंैक सञ्चालनमा ल्याउने तयारी गर्दा पनि विभिन्न द्वन्द्वका कारण सञ्चालन हुन सकिरहेका थिएनन् ।
तराई मधेसमा विभिन्न द्वन्द्व र सशस्त्र गतिविधि न्यून हँुदै शान्ति स्थापना भइरहेका समयमा यस्ता वित्तीय संस्था एवं बैंक सञ्चालन भइरहे सप्तरीका उद्योगी व्यापारीले आर्थिक क्षेत्र सवल बन्ने विश्वास व्यक्त गरेका छन् ।
माछापुच्छ्रे बैंकका प्रबन्धक अजेश मण्डल निजी क्षेत्रका वित्तीय संस्था एवं बैंकहरू सञ्चालन हुनु जिल्लाका लागि सकारात्मक पक्ष भएको बताउँदै स्थानीयको विश्वासलाई सन्तुष्टिमा परिवर्तन गर्न सकेमात्र बैंकिङ क्षेत्रको सफलता मान्नुपर्नेमा जोड दिए ।
जिल्लामा निजी क्षेत्रबाट सञ्चालित बैंक तथा वित्तीय संस्थाले सेवा विस्तार गर्नेक्रम बढ्नु सकारात्मक भएको बताउँदै नागरिक समाज सप्तरीका अध्यक्ष तथा कपडा व्यवसायी थानसिंह भन्सालीले सेवाको भावनाले वित्तीय संस्था खुल्नु राम्रो भएको बताए । यहाँ खुल्ने बैंक तथा वित्तीय संस्थाले जिल्लाको आर्थिक विकासमा टेवा पुर्‍याउने उनको विश्वास छ ।
बैंक स्थापनाले जिल्लामा सञ्चालन भइरहेका अन्य सहकारी संस्था भने आºनो सेवा–सुविधा अझ प्रभावकारी ढंगले दिन प्रतिस्पर्धासमेत गर्न थालेका छन् । यहाँ रहेका एक दर्जनभन्दा बढी सहकारी संस्थासमेत सानो व्यापारीको लगानी र बचतबाट सञ्चालनमा छ ।
विगत १५ वर्षदेखि जिल्लामा आºनो सेवा सुविधा सफलतापूर्वक सञ्चालन गर्दै आइरहेका जनमुखी सहकारी संस्था लिमिटेडका अध्यक्ष सचीन्द्र दासका अनुसार अहिले जिल्लामा सञ्चालन भएका र सञ्चालनको क्रममा रहेका विभिन्न निजी क्षेत्रका बैंकका कारण सेवाग्राहीको रोजाई बढेको छ । विभिन्न सशस्त्र समूहको द्वन्द्वका कारण आºना सेवा सञ्चालन गर्न समस्या थियो तर अहिले सुरक्षाको अनुभूति हुन थालेकाले वित्तीय कारोबारको वातावरण बन्दै गएको उनी बताउँछन् ।
जिल्लामा अहिले जनमुखी सहकारी संस्था लिमिटेडलगायत नेपाल सहकारी संस्था लिमिटेड, प्रभु सहकारी संस्था लिमिटेड, सनराइज सहकारी संस्था, मल्टिपरपस सहकारी संस्था, सगरमाथा बचत तथा ऋण सहकारी संस्था, जनज्योति बचत तथा कृषि सहकारी संस्था लिमिटेडलगायत एक दर्जनभन्दा बढी सहकारी संस्थाले समुदायमा लगानी तथा बचत गरिरहेका छन् ।
यस्तै जिल्लाका ग्रामीणस्तरसम्म प्रहरी प्रशासनले शान्ति सुरक्षा दिन थालेपछि माओवादी सशस्त्र द्वन्द्वको समयमा सप्तरीको ग्रामीण क्षेत्रबाट विस्थापित भएका बैंक तथा वित्तीय संस्थाहरू धमाधम पुन:स्थापना हुन थालेपछि सर्वसाधारणको बैंकप्रतिको आकर्षणसमेत बढेको छ ।

प्रतिक्रिया