काठमाडौंमा २० हजार सक्रिय संक्रमित

काठमाडौं । नेपालमा सबैभन्दा बढी सक्रिय संक्रमित काठमाडौँमा छन् । काठमाडौँमा ५५ हजार ७७ जनामा संक्रमणपुष्टि भएको छ । तीमध्ये ३४ हजार २६३ निको भएका छन् । सक्रिय संक्रमितको संख्या २० हजार ७२२ छ ।

यस्तै ललितपुरमा दुई हजार ५३३ र भक्तपुरमा एक हजार ४५४ सक्रिय संक्रमित छन् । ललितपुरमा सात हजार ७६३ र भक्तपुरमा पाँच हजार १५० जनामा संक्रमण पुष्टि भएको थियो । ललितपुरमा पाँच हजार १४९ र भक्तपुरमा तीन हजार ६४१ कोरोनामुक्त भएका छन् । काठमाडौँमा १९२, भक्तपुरमा ५५ र ललितपुरमा ५४ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

यस्तै काठमाडौँमा १० हजार ५०१, ललितपुरमा दुई हजार ६६४ र भक्तपुरमा एक हजार ७१९ संक्रमित होम आइसोलेशनमा छन् । झापा, मोरङ, सुनसरी, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, दाङ, रुपन्देही, बाँके, सुर्खेत र कैलालीमा ५०० भन्दा बढी सक्रिय संक्रमित छन् । मुस्ताङमा भने सक्रिय संक्रमित छैनन् ।

संक्रमितमध्ये ३०७ को सघन उपचार कक्ष र ७० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । चौबीस घण्टामा कोरोनाबाट १३ जनाले ज्यान गुमाएका छन् । नेपालमा हालसम्म ८४२ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ ।

प्रतिक्रिया