जातिय विभेदविरुद्ध प्रकाश बराइलिको गीत सार्वजनिक

काठमाडों । जातिय विभेदविरुद्ध सञ्चरकर्मी एवं कलाकार प्रकाश बराइलि (अभिब्यक्ती) को गीत सार्वजनिक भएको छ । सदिऔँदेखि सामाजिक रुपमा जातिय विभेदले अहिलेसम्म चल्दै आइरहेको छ ।

२१ औँ शताब्दीसम्म आएरपनि दलितमाथि हरेक प्रकारका दमन, अत्याचार, शोषण, हत्याहिंसा लगायत जघन्य अपराधहरु घटेका छन् । यसै सन्धर्वमा बराइलीले उक्त ‘जिातिय भेदभाव’ नामक गीत ल्याएका हुन् ।

एक जातले अर्को जातलाई मायाप्रेम गर्दा गत जेठ महिनामा रुकुमको सोतीमा नवराज बिक लगायत अन्य ५ जना युवाहरुले ज्यान गुमाएका थिए ।

उक्त गीतमा गायिका बिन्दु बिसी र प्रकाश बराईलीकै युगल आवाज रहेको छ । त्यस्तै, गीतमा बराईलीले नै शब्द रचेका हुन् भने गायक संगीतकार रमेश बिक्रम रत्नले संगीत भरेका छन् । साथै भिडियो पनि निर्देशन र छायांकनमा तयार भएको हो भने राम सिंह भाटको सम्पादन, रहेको छ ।

त्यस भिडियोमा चर्चित कलाकारहरु शिव बिक, चन्द्र शर्मा, शंकर बिसी, शिवन पोखरेल, होम धिताल, राकेश शोनी, टिका भुजेल, प्रकाश बराईली अभिब्यक्ती, ध्रुब हिमाली, निर आले मगर, राज कुमार रायमाझी, राजु रिजाल, दिपाशा बिसी, रिना थापा मगर, आशा भुसाल, अनिता बस्नेत, मैना रेश्मी मगर, बर्षा शिलवाल, उषा सुबेदी, रितु तामाङ, सोनम गुरुङ, बिन्दु बिसी, बन्दना नेपाल, आईसा राई लगायतको अभिनय रहेको छ ।

प्रतिक्रिया