आज थपिए २७८ जना संक्रमित, कुल संख्या २९१२ पुग्यो

काठमाडौं । शुक्रबार थप २७८ जनामा कोरोना पुष्टि भएको छ । काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले आज २७८ जनामा कोरोना पुष्टि भएको जानकारी दिए ।

योसँगै नेपालमा कुल कोरोना संक्रमित संख्या २९१२ जना पुगेको छ । पछिल्लो पटक बिहीबार २७८ जना संक्रमित थपिएका हुन् । यसैगरी, ३३३ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

साथै, यही संक्रमित मध्येबाट ११ जनाको मृत्यु भएको छ । पछिल्लो पटक कोरोनाबाट सुर्खेतका २८ वर्षीय पुरुषको मृत्यु भएको पुष्टि भएको छ । योसँगै कोरोनाबाट मृतकको संख्या ११ जना पुगेको हो ।

प्रतिक्रिया