इजाजत प्राप्त हतियार बुुझाउन आग्रह

विराटनगर । मोरङको धनपालथान गाउँपालिकामा यही १४ मंसिरमा हुुने उपनिर्वाचनलाई मध्यनजर गर्दै आफूसँग रहेको निजी हातहतियार बुुझाउन जिल्ला प्रशासन कार्यालय मोरङले आग्रह गरेको छ । मोरङका प्रमुुख जिल्ला अधिकारी मदन भुुजेलले निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न आफूसँग रहेको इजाजत प्राप्त हातहतियार १० मंसिरभित्र स्थानीय प्रहरी कार्यालयहरूमा बुुझाउन आग्रह गरेका थिए ।

इजाजत हातहतियार बुुझाउन प्रशासनले आग्रह गरिसकेको अवस्थामा कुुनै व्यक्तिबाट त्यस्ता कुुनै पनि प्रकारका हातहतियार फेला परे कानुुनअनुुसार कारबाही हुुने उनको भनाइ थियो । प्रजिअ भुुजेलले निर्वाचन निष्पक्ष र भयरहित वातवारणमा सम्पन्न गर्न सुुरक्षाको सबै प्रबन्ध गरिएको बताए । धनपालथान गाउँपालिकाको वडा–२ को वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुुन लागेको हो ।

प्रतिक्रिया