अन्तर्राष्ट्रिय ब्याडमिन्टन हुने

काठमाडौ । नेपालमा ‘योनेक्स–सनराइज नेपाल इन्टरनेसनल च्यालेन्ज २०१९’ बुधबारदेखि काठमाडांैमा हुने भएको छ । नेपाल ब्याडमिन्टन संघले आइतबार पत्रकार सम्मेलन गरेर बुधबारबाट हुने प्रतियोगिताका जानकारी गराएको हो । नेपाल ब्याडमिन्टन संघको आयोजना तथा एसियाली ब्याडमिन्टन महासंघको तत्वावधानमा उक्त प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगितामा नेपाललगायत २१ राष्ट्रका १ सय ४९ खेलाडीले कुल ५ विधामा प्रतिस्पर्धा गर्नेछन् । जसमा पुरुष तथा महिला एकल तथा युगल र मिश्रित युगलतर्फ प्रतिस्पर्धा हुने आयोजकले पत्रकार सम्मेलनमा जानकारी दियो ।  पुरुष एकलमा विश्व वरीयतामा ५८औँ स्थानमा रहेका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् भने महिला एकलमा ३८औँ वरीयताकी खेलाडीले प्रतिस्पर्धा गर्नेछिन् । यस्तै पुरुष युगलमा २७औँ, महिला युगलमा ३३औँ र मिक्स युगलमा ४४औँ स्थानका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।


करिब ६८ लाख ७५ हजार अनुमानित लागत रहेको प्रतियोगितामा २५ हजार डलर पुरस्कार राशि रहेको छ । जसमा राष्ट्रिय खेलकुद परिषद्ले २० लाख, योनेक्स सनराइजले ६ हजार डलर, ब्याडमिन्टन एसियाले ११ हजार डलर सहयोग गर्ने र बाँकी रकम ब्याडमिन्टन खेलप्रेमी संघसंस्था र व्यक्तिबाट सहयोग जुटाउने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

च्यालेन्जमा पुरुष तथा महिला एकलतर्फ विजेताले १ हजार ८ सय ७५ युएस डलर, उपविजेताले ९ सय ५० डलर, तेस्रोले ३ सय ६२.५० डलर, अन्तिम ८ प्रवेश गर्नेले १ सय ५९ डलर तथा अन्तिम १६ मा प्रवेश गर्नेले ८७.५० डलर प्राप्त गर्नेछन् । यस्तै पुरुष÷महिला तथा मिश्रित युगलतर्फका विजेताले १ हजार ९ सय ७५ डलर, उपविजेताले ९ सय ५० डलर, तेस्रोले ३ सय ५० डलर, अन्तिम ८ मा प्रवेश गर्नेले १ सय ८१.२५ डलर र अन्तिम १६ मा पुग्नेले ९३.७५ डलर प्राप्त गर्नेछन् ।

प्रतिक्रिया