चाडपर्व लक्षित सस्तो मेला सुरु

काठमाडौं । दशैंको अवसर पारेर राजधानीको भृकुटीण्डपमा स्टक क्लियरेन्स मेला सुरु भएको छ । इभेण्ट सोलुसन प्रालिको आयोजनामा सुरु भएको मेलाको नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष डा. राजेशकाजी श्रेष्ठले उद्घाटन गरे ।  मेला उद्घाटन गर्दै चेम्बर अध्यक्ष श्रेष्ठले मुलुकको अर्थतन्त्र चलायमान बनाउन समय समयमा आयोजना हुने एक्स्पो तथा मेलाले टेवा पु¥याउने बताए । ‘इभेण्ट सोलुसनले वर्षेनी आयोजना गर्दै आएको मेलाले आम उपभोक्तालाई सस्तो मूल्यमा एकै छाना मुनि समान किन्ने अवसर प्रदान गर्ने भएकाले नै चेम्बरले एक्सपोलाई प्रवद्र्धन गरेको हो’ चेम्बर अध्यक्ष श्रेष्ठले भने ।

चाड पर्वका बेला सस्तो मूल्यमा एकै छानामुनी स्वदेशी तथा विदेशी सामानहरु उपलब्ध गराउनका लागि मेलाको आयोजना गरिएको हो । ‘दशैंको बेला सस्तो मेला’ भन्ने नाराका साथ स्टक क्लियरेन्स मेला ५ दिनसम्म सञ्चालन हुनेछ । एक्स्पोमा दशैंका लागि आबश्यक सबै किसिमका सामाग्रीहरुको कारोबार हुने आयोजक संस्था इभेण्ट सोलुसन प्रालिका प्रबन्ध निर्देशक विजयसागर प्रधानले बताए ।

विगत वर्षका मेला अधिक रुचाइए पछि यस वर्ष पनि मेलालाई निरन्तरता दिइएको हो । मेलामा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, चीन, थाइल्याण्ड र जापानका उत्पादन तथा प्रदर्शकहरुको सहभागिता रहेको छ । यस पटकको मेलामा विभिन्न किसिमका बम्पर छुट अफर समेत सञ्चालन गरिएको छ ।  मेलामा जुत्ता तथा चप्पल उद्यमी समुह अन्तरगतका ४ वटा नेपाली ब्राण्डको सहभागिता छ । बिएफ डियर हिल, रन सुज, शिखर सुज र शु ल्याण्डका १ हजारभन्दा बढी मोडलका जुत्ता तथा चप्पलहरु १५ देखि ७५ प्रतिशतसम्मको छुटमा खरिद गर्न सकिने बिएफ डियर हिलका प्रबन्ध निर्देशक होमनाथ उपाध्यायले बताए ।

रन सुजका प्रबन्ध निर्देशक रुद्र न्यौपानेका अनुसार स्पोर्टस, क्याजुअल तथा पाटसर्् सुजका साथै छालाका पेटीहरु सुपथ मूल्यमा उपलब्ध गराउँदै दशैंको फूलपातीसम्म विभिन्न मेलामा उद्यमी समुहले निरन्तर सहभागिता जनाउने छ । एक्सपोको प्रवद्र्धन नेपाल नेपाल चेम्बर अफ कमर्शले गरेको हो । ६० हजार उपभोक्ताले मेलाको अवलोकन गर्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया