काठमाडौँ । महानगरीय प्रहरी वृत्त थानकोटकोले भैरहवाबाट आउँदै गरेको ट्रक नागढुंगा नाकामा जाँच गर्ने क्रममा दुई किलो सुनसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रसुवा गोसाईकुण्ड गाउँपालिका वडा नं ५ स्याफ्रोबेशीका १७ वर्षीय भिमबहादुर तामाङ रहेका छन् । उनलाई चन्द्रागिरि नगरपालिका २ नागढुंगामा प्रहरीले पक्राउ गरेको थियो ।
महानगरीय प्रहरी बृत्त थानकोटका प्रमुख कुमार बिक्रम थापाले दिएको जानकारी अनुसार बिशेष सुचनाको आधारमा लु २ ख ६५२ नम्बरको यात्रु बाहक बसमा चेक जाँच गर्दा तामाङलाई दुई किलो सुन सहित पक्राउ गरिएको हो । उनले कम्मरमा बाँधी लुकाइ छिपाई उक्त सुन ल्याउका थिए ।
प्रतिक्रिया