आईएमई लाइफद्वारा नगद लाभांश वितरण गर्ने

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले आव २०७९/८० को बोनस शेयर तथा नगद लाभांश वितरण गर्न प्रस्ताव गरेको छ । यह्ीं बैशाख १९ गते बुधबार सम्पन्न भएको कम्पनीको सञ्चालक समितिको १९२औं बैठकले शेयरधनीलाई कुल ३४ दशमलव ५० प्रतिशत लाभांस वितरण गर्न प्रस्ताव गरेको हो ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको २५ प्रतिशतले हुन आउने १ अर्ब रुपैयाँ बराबरको बोनस शेयर र ९ दशमलव ५० प्रतिशतले हुन आउने ३८ करोड रुपैयाँ बराबरको नगद लाभांश (कर सहित) प्रस्ताव गरेको हो । यो लाभांश नियामक बिमा प्राधिकरणबाट स्वीकृत र आगामी साधारण सभाबाट पारित भए पश्चात कम्पनीको चुक्ता पूँजी ५ अर्ब रुपैयाँ कायम हुनेछ ।

प्रतिक्रिया